इजरायलमा नेपालीको उद्धार गर्न निगमको वाइडबडी उड्यो, २५४ जना ल्याउने



काठमाडौं । इजरायलमा नेपालीको उद्धार गर्न नेपाल वायुसेवा निगमको २७४ सिट क्षमताको वाइडबडी जहाज गएको छ । निगमको ९ एन एएलजेड नामक वाइडबडी जहाज नेपालीको उद्धारका लागि आज (बिहीबार) विहान साढे २ बजे इजरायलका लागि उडेको नेपाल वायुसेवा निगमले जानकारी दिएको छ ।

वायुसेवा निगमका प्रवक्ता रमेश पौडेलका अनुसार दुबई ट्रान्जिट भएर गएको यो जहाज आजै साँझ २५४ नेपाली लिएर काठमाडौं फर्कने छ ।

उक्त जहाज साँझ ८ः२० मा काठमाडौं विमानस्थलमा अवतरण गर्ने तालिका रहेको वायुसेवा निगमले जानकारी दिएको छ ।


क्लिकमान्डु