लगानीकर्ताको हात खाली बनाएको एनआरएन इन्फ्रास्टक्चरले बोलायो साधारणसभा
काठमाडौं । लगानीकर्ताको हात खाली बनाएको एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट कम्पनीले बार्षिक साधारणसभा बोलाएको छ ।
कम्पनीले कात्तिक १७ गतेका लागि ११ औं बार्षिक साधारणसभा बोलाएको छ । सभाका लागि भन्दै असोज ३० गते एक दिनका लागि बुक क्लोज गर्ने भएको छ । असोज २९ गतेसम्म कायम रहेका सेयरधनीले कम्पनीले बोलाएको साधारणसभामा भाग लिन पाउनेछन् ।
कम्पनीले सभामा सञ्चालक समितिको बार्षिक प्रतिवेदन, लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव रहेको छ ।