शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले लाभांश घोषणा, बोनस कति ?



काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले लाभांश घोषणा गरेको छ ।

मंगलबार बसेको बैंक सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० को नाफाबाट लाभांश घोषणा गरेको हो ।

बैंकले सेयरधनीलाई १०.५० प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.५५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।

यो प्रस्ताव राष्ट्र बैंकले स्वीकृत गरेर कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।


क्लिकमान्डु