तीन वर्षपछि मुस्ताङले थप्यो हेलिकप्टर, दसैंअगाडि नै उडाउने तयारी



काठमाडौं । निजी क्षेत्रको हेलिकप्टर सेवाप्रदायक मुस्ताङ एयरले करिब तीन वर्षपछि एक नयाँ हेलिकप्टर थप गरेको छ ।

२०७७ कात्तिकमा पहिलो हेलिकप्टर किनेर उडान शुरु गरेको मुस्ताङले मंगलबार अर्को एक नयाँ हेलिकप्टर काठमाडौं भित्र्याएको छ । नयाँ हेलिकप्टर थप भएसँगै यसको जहाज संख्या २ वटा पुगेको छ ।

‘नयाँ हेलिकप्टर भित्र्याएका छौं । अब उड्डयन प्राधिकरणको आवश्यक प्रक्रिया पूरा गरेर तत्कालै उडान सुरु गर्ने छौं’, मुस्ताङ हेलिकप्टरका प्रवन्ध निर्देशक रोनन लामिछानेले भने । उनका अनुसार नयाँ हेलिकप्टर मंगलबारमात्रै काठमाडौं भित्रिएको हो यसलाई एसेम्बल गरेर दशैं अगाडि नै उडान शुरु गर्ने गरी तयारी भइरहेको छ ।’

एउटा मात्रै हेलिकप्टर भएको यो वायुसेवा कम्पनीले प्राविधिक समस्या हुँदा उडान बिहिन हुनुपरेको थियो । अब हेलिकप्टरको संख्या थप भएसँगै हेलिकप्टर सेवालाई समेत थप प्रभावकारी बनाउँदै जाने जानकारी दिए मुस्ताङले दिएको छ ।


क्लिकमान्डु