नेपाल बैंकले माग्यो सीईओ, आवदेनका लागि चाहिन्छ यस्तो योग्यता



काठमाडौं । नेपाल बैंकले प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि दरखास्त आह्वान गरेको छ । बैंकमा रिक्त रहेको सीईओ पदका लागि २१ दिने दरखास्त आह्वान भएको छ ।

तत्कालीन सीईओ कृष्णबहादुर अधिकारीको कार्यकाल सकिएपछि अहिले समता पन्त भट्टलाई कायम मुकायम सीईओको जिम्मेवारी दिइएको छ ।

सीईओका लागि व्यवस्थापन, बैंकिङ, वित्तीय मौद्रिक अर्थशास्त्र, वाणिज्य शास्त्र, लेखा शास्त्र, तथ्यांक शास्त्र, लेखा, गणित, व्यापार प्रशासन वा कानुन विषयमा स्नातकोत्तर गरेको, चार्टर्ड एकाउन्टेन्सी वा व्यवस्थापन, बैंकिङ, वित्तीय, मौद्रिक अर्थशास्त्र, वाणिज्य शास्त्र, तथ्यांक शास्त्र, लेखा शास्त्र, गणित, व्यापार प्रशासन वा कानुन विषयमा स्नातक उपाधि हासिल गरी बैंकिङ तथा वित्तीय क्षेत्र, सरकारी निकाय, संगठित संस्था, विश्वविद्यालय वा त्यस्तो कार्य गर्ने अन्तर्राष्ट्रिय संघ वा संस्थाको अधिकृत तह वा सो भन्दा माथिको पदमा कम्तीमा १० वर्षको कार्यानुभव भएको हुनुपर्नेछ ।

सीईओमा आवेदन दिन कुनै राजनीतिक दलको सदस्य नभएको, भ्रष्टाचार, सम्पत्ति शुद्धीकरण, बैंकिङ कसुर वा नैतिक पतन देखिने फौजदारी अभियोगमा अदालतबाट कसुरदार ठहर नभएको हुनुपर्नेछ । यस्तै कर्जा सूचना केन्द्रको कालोसूचीमा समावेश नभएको हुनुपर्नेछ ।


क्लिकमान्डु