आईपीओ निष्कासन गर्दै नेपाल वेयरहाउजिङ कम्पनी



काठमाडौं । नेपाल वेयरहाउजिङ कम्पनीले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ ।

कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि सेयर निष्कासन गर्न लागेको हो । वैदेशिक रोजगारीमा रहेका नेपालीले कात्तिक १० देखि कात्तिक २४ गतेसम्म आवेदन दिन सक्नेछन् ।

कम्पनीले सर्वसाधारणका लागि १३ करोड ७५ लाख रुपैयाँको १३ लाख ७५ हजार कित्ता सेयर निष्कासन गर्ने भएको छ । वैदेशिक रोजगारीका रहेका नेपालीका लागि १ लाख ३७ हजार ५०० कित्ता सेयर निष्कासन गर्ने भएको छ ।

यस्तै २७ हजार ५०० कित्ता सेयर कर्मचारी र ६८ हजार ७५० कित्ता सेयर म्युचुअल फन्डका लागि निष्काुन गरेको छ । बाँकी रहेको ११ लाख ४१ हजार २५० कित्ता सेयर भने सर्वसाधारणका लागि निष्कासन हुनेछ ।

वैदेशिक रोजगारीमा रहेका नेपालीले न्यूनतम १० देखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । यसको बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल रहेको छ । आवेदन सी आश्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र मेरो सेयर मार्फत दिन सकिने छ ।


क्लिकमान्डु