शंकर, अम्बे र हुलास ग्रुपको लगानी रहेको शौर्य सिमेन्टको व्यापार घट्यो



काठमाडौं । नेपालको तीन ठूला व्यवसायिक घरानाद्वारा सञ्चालित शौर्य सिमेन्टको व्यापार घटेको छ । शंकर ग्रुप, अम्बे ग्रुप, हुलास ग्रुपको संयुक्त लगानी रहेको कम्पनीले सन् २०२३ मा ७ अर्ब ४० करोड ७० लाख रुपैयाँको व्यापार गरेको छ ।

कम्पनीले सन् २०२२ मा ७ अर्ब ४२ करोड ९० लाख रुपैयाँ (अपरिष्कृत)को व्यापार गरेको थियो । आर्थिक संकुचनले बजारमा माग नहुँदा अधिकांश उद्योगहरुको व्यापारमा कमी आउँदा शौर्य सिमेन्टका व्यापारमा भने सामान्य मात्रै प्रभाव परेको छ । सन् २०२२ को तुलनामा सन् २०२३ मा करिब २ अर्बले मात्रै कम व्यापार भएको छ ।

त्यस्तै, कम्पनीले सन् २०२१ मा २ अर्ब ६३ करोड १० लाख रुपैयाँको मात्रै व्यापार गरेको थियो ।

दैनिक ३ हजार टन उत्पादन क्षमता भएको कम्पनीमा शंकर ग्रुप, अम्बे ग्रुप, हुलास ग्रुपको संयुक्त लगानी छ । दैनिक ३ हजार टन उत्पादन क्षमता भएको कम्पनीको अध्यक्ष सुलभ अग्रवाल हुन् ।

कम्पनीले विशेषगरी क्लिङ्करको उच्च व्यापार गर्दै आएको छ । उच्च गुणस्तरको क्लिङ्कर उत्पादन गरी बिक्री गर्दै आएको कम्पनीको उद्योग सिराहा जिल्लामा अवस्थित छ ।

देशभर ८० वटा वितरक र १८ सयभन्दा बढी डिलर रहेको कम्पनीले विभिन्न ग्रेडको सिमेन्ट र क्लिङ्कर ‘शौर्य’ ब्रान्डमा बिक्री वितरण गर्दै आएको छ ।

सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत् प्रर्वाधारको विकास गरी दिगो आर्थिक विकास हासिल गर्ने लक्ष्य लिएको छ । साथै, सरकारले व्यापारघाटा कम गर्नका लागि सिमेन्टको निर्यातमा ८ प्रतिशत अनुदानको व्यवस्था गरेको छ ।


क्लिकमान्डु