प्रिमियम मूल्यमा आईपीओ ल्याएको सोनापुरमा मागअनुसार आवेदन परेन, समय थप



काठमाडौं । सोनापुर मिनरल्स एण्ड आयलले प्रिमियम मूल्यमा निष्कासन गरेको साधारण सेयर आईपीओमा माग अनुसार आवेदन नपरेपछि आवेदन दिने समय थपिएको छ ।

कम्पनीले असोज १४ गतेदेखि आजसम्म आईपीओ निष्कासन गरेको थियो । माग अनुसार आवेदन नपरेपछि अब असोज २८ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।

कम्पनीले अंकित मूल्यमा १३७ रुपैयाँ ५८ पैसा प्रिमियम थपेर प्रतिकित्ता २३७ रुपैयाँ ५८ पैसाका दरले ९७ लाख ३२ हजार ५४४ कित्ता सेयर निष्कासन गरेको छ । आईपीओमा न्यूनतम १० देखि अधिकतम १५ लाख कित्तासम्म आवेदन दिन सकिने छ ।

आवेदन सी–आस्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था, मेरो सेयर मार्फत दिन सकिने छ । यसको बिक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटल रहेको छ ।


क्लिकमान्डु