एसियन लाइफ इस्योरेन्सको मुख्य लगानी रहेको अर्किड होल्डिङ्सको व्यापारमा दोब्बरभन्दा धेरैको वृद्धि



काठमाडौं । रवि भवनस्थित होटल क्राउन इम्पेरियल सञ्चालन गर्ने कम्पनी अर्किड होल्डिंग्स लिमिटेडको व्यापारमा वृद्धि भएको छ । २०२२ को तुलनामा २०२३ मा कम्पनीको व्यापारमा दोब्बरभन्दा धेरैको वृद्धि देखिएको छ ।

सन् २००७ मा नीजि कम्पनीका रुपमा खुलेको अर्किड २०२२ मा पब्लिक कम्पनीमा रुपान्तरण भएको थियो । उक्त कम्पनीले रवि भवनमा होटल क्राउन इम्पेरियल सञ्चालन गरिरहेको छ ।

चारतारे उक्त होटल ९ हजार १३६ स्क्वायर मिटरमा फैलिएको छ भने १३१ वटा कोठाहरु रहेका छन् । होटलमा स्वीमिङ पुल, कन्फ्रेन्स हल, सपिङ आर्केड लगायतका सुविधाहरु रहेका छन् । यो होटल सन् २०१९ बाट सञ्चालनमा आएको हो ।

कम्पनीले २०२१ मा २ करोड ३० लाख रुपैयाँको व्यापार गरेको थियो । २०२२ मा ६ करोड ६० लाख रुपैयाँको व्यापार गरेको कम्पनीको २०२३ को व्यापार भने १२ करोड २० लाख रुपैयाँ पुगेको छ ।

त्यस्तै, विगतमा नकरात्मक रहेको कम्पनीको मार्जिन पनि यसपटक १० प्रतिशत पुगेको छ ।

अर्किडमा प्रमुख लगानीकर्ता एसियन लाइफ इस्योरेन्स रहेको छ, जसको स्वामित्व ४३.१९ प्रतिशत रहेको छ । सुधिरमान मास्के यो कम्पनीमा कार्यकारी निर्देशक रहेका छन्, जो विगत २७ वर्षदेखि हस्पिटालिटी क्षेत्रमा संलग्न रहेका छन् ।


क्लिकमान्डु