एकीकृत समाजवादीका उपमहासचिव पौडेलले कर्जा नतिरेपछि सहकारीको ताकेता, नतिरे धितो लिलाम गर्ने



काठमाडौं । एकीकृत समाजवादीका उपमहासचिवसमेत रहेका डा.विजय पौडेलले पञ्चशील बहुउद्देश्यीय सहकारी संस्थाबाट लिएको कर्जा समयमा नतिरेपछि कर्जा तिर्न सहकारीले ताकेता गरेको छ । पौडेल जनता टेलिभिजनका मुख्य लगानीकर्तासमेत हुन् ।

सहकारीबाट लिएको कर्जा तिर्न पटक पटक तोकता गर्दासमेत नतिरेपछि ३५ दिने सूचना निकालेको छ ।

पञ्चशील बहुउद्देश्यीय सहकारी संस्थाबाट लिएको कर्जाको समय समयमा तिर्नु बुझाउनु पर्ने साँवा, व्याज लगायत अन्य लेना रकम चुक्ता भुक्तानी गर्न मौखिक एवं पटक पटक लिखित जानकारी गराउदा कर्जा चुक्ता भुक्तानी गर्न कुनै चासो नदेखाएको संस्थाले जनाएको छ । पटक पटक ताकेता गर्दा पनि बेवास्ता गरेपछि कर्जा सदस्यलाई ऋणकर्जा भुक्तानी गर्न ३५ दिने सूचना जारी गरेको छ ।

३५ दिन भित्र संस्थाको कार्यालय कुमारीपाटी, ललितपुरमा सम्पर्क राखी कर्जाको सम्पूर्ण साँवा, ब्याज भुक्तानी गनै आग्रह गरेको छ ।

कानुन बमोजिम धितो लेखिदिएको चल अचल सम्पत्तिहरु लिलाम बिक्री गरी वा अन्य कानुनी कारबाही अवलम्बन गरी संस्थाको लेना र कम असुल उपर गरिनुका साथै कर्जा सूचना केन्द्रको कालोसूचीमा नाम समावेश गरिने जनाएको छ ।

कर्जा सदस्यले प्राप्त गरेको ऋणकर्जाको सुरक्षणमा व्यक्तिगत जमानी दिने र धितो बन्धक लेखिदिने व्यक्तिलाई समेत म्यादै भित्र कर्जा भुक्तानी गर्नु गराउन अनुरोध गरेको छ । अन्यथा जमानी दिनेको समेत कर्जा सूचना केन्द्रको कालो सूचिमा नाम समावेश गर्नेतर्फ कारवाही गरिने जनाएको छ ।

कपिलबस्तु जिल्लाको तत्कालिन गुगौली गाविस–२, नागार्जुन नगरपालिका–९, स्यूचाटारमा बस्ने पौडेलले कर्जा लिँदा रम्भा पौडेल जमानी रहेकी छिन् ।

पौडेलले कर्जा लिँदा श्रीमती रम्भा पौडेलको नाममा मालपोत कार्यालय कलंकी, काठमाडौंमा दर्ता रहेको साविकको मातातिर्थ गाविस–१ सिट नं. १(क) को कि.नं. १६१३ को ४ आना १ पैसा जग्गा धितो राखेका थिए ।

यस्तै श्रीमती रम्भा पौडेलको नाममा काठमाडौ जिल्ला साविकको स्यूचाटार गाविस–मा रहेको कित्ता नम्बर २७८१ को ३ आना २ पैसा २ दाम रहेको छ ।


क्लिकमान्डु