हिरासतबाट निस्केपछि मिनबहादुर गुरुङ व्यवसायमा सक्रिया, झापामा खोले भाटभाटेनीको २६औं शाखा



काठमाडौं । भाटभटेनी सुपरमार्केटले झापाको ब्यापारीक केन्द्र बिर्तामोडमा २६औं शाखा सञ्चालनमा ल्याएको छ । भाटभटेनीका अध्यक्ष मिनबहादुर गुरुङले बुधबार शाखा कार्यालयको उद्घाटन गरेका हुन् ।

२ अर्ब रुपैयाँभन्दा बढीको लगानीमा सञ्चालनमा आएनको बिर्तामोडको भाट-भटेनीमा स्केटिङ पार्क, फुड कोर्ट, दुईवटा सिनेमा हल छन् । सातौँ तल्लासम्म रहेको भाट-भटेनी झापाकै ठुलो सुपर मार्केट हो ।

उद्घाटनका समयमा ग्राहकलाई प्रत्येक सामानहरुमा १० देखि २० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको छ ।

भाटभाटेनीका अध्यक्ष गुरुङलाई ललिता निवासको सरकारी जग्गा हडपेको प्रकरणमा प्रहरीले पक्राउ गरि ७६ दिनसम्म हिरासतमा राखेको थियो । जमानतमा निस्किएका गुरुङ व्यवसायमा सक्रिय छन् ।


क्लिकमान्डु