सरकार र शिक्षक महासंघबीच आज बिहान वार्ता, जुट्ला सहमति ?



काठमाडौं । विभिन्न माग राखी यही असोज ३ गतेदेखि आन्दोलनमा रहेको नेपाल शिक्षक महासङ्घ र सरकारबीच आज वार्ता हुँदै छ । बिहीबार भएको वार्ता सकारात्मक निश्कर्षसहित टुङ्गिएको जनाइएको छ।

कानून, न्याय, तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले महाङ्घसँगको बिहीबारको छलफल सकारात्मक रहेको र शुक्रबार बिहान पुनः वार्तामा बसेर सहमति गर्ने टुङ्गो लागेको बताए ।

‘सकारात्मक छलफल भएको छ । बिहानको भन्दा अहिले बुँदागत रुपमा छलफल भएको हो । उहाँहरूले जुन माग राख्नुभएको थियो, त्यसैमा रहेर छलफल भएको छ । शुक्रबार बिहानसम्म टुङ्गिन्छ’, उनले भने।

त्यस्तै, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले पनि छलफल सकारात्मक रहेकाले समस्याका समाधान हुनेमा आशावादी रहेको बताए ।

उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थ मन्त्री डा प्रकाशशरण महत पनि वार्तामा सहभागी थिए ।

संसदमा दर्ता भएको विधेयकको बिरोधमा देशभरका शिक्षक काठमाडौंमा जम्मा भएर प्रदर्शन गरिरहेका छन् ।


क्लिकमान्डु