कामना सेवा र नेभ नेपालबीच विद्युतीय सवारी साधनमा कर्जा लगानीसम्बन्धी सम्झौता



काठमाडौं । कामना सेवा विकास बैंकले विद्युतीय सवारी साधन खरिद गर्न चाहने ग्राहकलाई सरल तथा सुलभ तरिकाबाट कर्जा सेवा उपलब्ध गराउने उद्देश्यले नेभ नेपाल प्रालिसँग सम्झौता गरेको छ ।

सम्झौतामा कामना सेवा विकास बैंकका नायब कार्यकारी अधिकृत विनय दाहाल र नेभ नेपालका कार्यकारी अधिकृत सविताकुमारी क्षेत्रीले हस्ताक्षर गरेका छन् ।

सम्झौतापश्चात नेभ नेपालका विद्युतीय सवारी साधन खरिद गर्न चाहने ग्राहकले कामना सेवा विकास बैंकबाट सरल तरिकाले सुलभ ब्याजदरमा कर्जा सुविधा प्राप्त गर्न सक्नेछन् ।


रवि धिताल