अर्थ सचिव पुष्करले लिए राष्ट्र बैंकको सञ्चालक समिति सदस्यमा शपथ



काठमाडौं । अर्थ सचिव कृष्णहरि पुष्कर कर्णले नेपाल राष्ट्र बैंकको सञ्चालक समिति सदस्यमा शपथ लिएका छन् ।

अर्थ सचिव समेत रहेका पुष्करले बिहीबार प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ समक्ष शपथ लिएका हुन् ।

नेपाल राष्ट्र बैंक ऐनमा अर्थ सचिव सञ्चालक समितिको पदेन सदस्य हुने व्यवस्था रहेको छ । पुष्करले बिहीबार नै अर्थ सचिवमा पदबहाली गरेका छन् ।


रवि धिताल