डिशहोमको ‘हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार’ अभियान



काठमाडौं । नेपालकै अग्रणी डिटिएच सेवाप्रदायक डिशहोमले दसैंतिहारलाई लक्षित गरी ‘हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार’ अभियान सार्वजनिक गरेको छ । अभियानअन्तर्गत डिशहोमको नयाँ जडान अथवा रिचार्जमा ग्राहकले हरेक हप्ता लक्की ड्र मार्फत नगद १ लाख प्राप्त गर्न, मिडिया कभरेज प्राप्त गर्न र सेलिब्रेटीझैँ जीवनशैली अनुभव गर्न सक्ने कम्पनीले जनाएको छ ।

अभियानका बम्पर विजयी ग्राहकले सिजनकै मेगास्टार बन्ने मौका प्राप्त गर्नेछन्, जसमा नगद १० लाख, मिडियामा प्रसिद्धि र सेलिब्रेटीझैँ जीवनशैलीको अनुभव पनि गर्न पाउनेछन् । अभियानमा सहभागी हुन ग्राहकले डिशहोमको नयाँ कनेक्सन वा डिशहोम रिचार्ज गर्नुपर्ने हुन्छ । 

डिशहोमका प्रवक्ता रजत थापा रमाइलो दसैंतिहार चाडपर्वमा वर्षौंदेखि डिशहोमलाई साथ दिइरहेका ग्राहकसमक्ष उत्कृष्ट मनोरञ्जन प्रदान गर्दै सुपरस्टार बन्ने रोमाञ्चक मौका प्रदान गर्न पाउँदा उत्साहित भएको बताउँछन् ।

सुपरस्टारको छनोट हरेक हप्ताको सोमबार डिशहोमको सोकेस, सरोकार टिभी, रमाइलो टिभी, डिशहोमको आधिकारिक फेसबुक पेज र नेसनल टिभीमा साँझ ५ बजे प्रत्यक्ष प्रसारण गरिनेछ । अभियान असोज १ देखि सीमित अवधिका लागि नेपालभर लागू हुनेछ ।


रवि धिताल