सिटिजन्स बैंक र भारतको अपोलो हस्पिटलबीच सम्झौता



काठमाडौं । सिटिजन्स बैंक र भारतस्थित अपोलो हस्पिटल्स इन्टरप्राइजेजबीच सिटिजन्स बैंकका कार्डवाहक ग्राहकलाई अस्पतालको सेवा शुल्कमा १० प्रतिशतसम्म छुट दिनेसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

अपोलो हस्पिटल्स इन्टरप्राइजेजका भारतको विभिन्न ९ स्थानमा रहेका हस्पिटलका नेटवर्कमा छुट व्यवस्था लागू हुनेछ । समझदारीपत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल र अपोलो हस्पिटल्स इन्टरप्राइजेजका भाइस प्रेसिडेन्ट- इन्टरनेसनल बिजनेस डा। कात्र्तिक अनन्थरामनले हस्ताक्षर गरेका छन् ।

सिटिजन्स बैंकको भारतस्थित हस्पिटल्सहरुसँगको यो दोस्रो सम्झौता हो । यसअघि बैंकले भारतस्थित मेदान्त- द मेडिसिटी अस्पतालसँग बैंकका कार्डवाहक ग्राहकलाई अस्पतालको सेवा शुल्कमा १५ प्रतिशतसम्म छुट दिनेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरिसकेको छ ।

सिटिजन्स बैंकले देशभर फैलिएका १८८ शाखा, १४८ एटीएम र ९७ वटा शाखारहित बैंकिङ इकाइबाट १६ लाख ४५ हजार ग्राहकलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ ।


क्लिकमान्डु