एनआईसी एशिया बैंकले ३०.५२ प्रतिशत लाभांश दिने, बोनस र नगद कति ?
काठमाडौं । एनआईसी एशिया बैंकले सेयरधनीका लागि लाभांश घोषणा गरेको छ ।
बिहीबार बसेको सञ्चालक समितिको बैठकले सेयरधनीलाई ३०.५२ प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।
बैंकले सेयरधनीलाई २९ प्रतिशत बोनस र कर प्रयोजनका लागि १.५२ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ ।
बैंकको यो प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृत गरेर बैंकको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।