शुक्रबारदेखि सोमबारसम्म काठमाडौं र ललितपुरका यी स्थानमा विद्युत सेवा अबरुद्ध हुने



काठमाडौं । नेपाल विद्युत प्राधिकरणले भोली शुक्रबारदेखि सोमबारसम्म काठमाडौं र ललितपुर जिल्लाका विभिन्न स्थानमा विद्युत आपूर्ति अवरुद्ध हुने जनाएको छ ।

प्राधिकरणका अनुसार शुक्रबार बिहान ८ बजेदेखि सोमबार बिहान ८ बजेसम्म ६६ केभी स्युचाटार टेकु प्रसारण लाइन सटडाउन हुनेछ ।

प्राधिकरणका अनुसार टेकु-स्युचाटार ६६ केभी लाइन १३२ केभीमा चार्ज गर्ने भएकाले विद्युत आपूर्ति अवरुद्ध हुने जनाएको छ ।
यता प्राधिकरणले वैकल्पिक व्यवस्थाबाट विद्युत आपूर्ति कम प्रभावित बन्द हुनेगरी नियमित आपूर्ति गर्ने प्रयास गर्ने जनाएको छ । निर्धारित समयअघि कार्य सम्पन्न भएमा लाइनहरु सुचारु हुनेछन् ।


क्लिकमान्डु