सिटिजन लाइफ इन्स्योरेन्सको आईपीओ आज बाँडफाँट हुने
काठमाडौं । आज सिटिजन लाइफ इन्स्योरेन्सको साधारण सेयर (आईपीओ) को बाँडफाँट हुने भएको छ । कम्पनीको आईपीओमा माग भन्दा बढी आवेदन परेका कारण गोलाप्रथाबाट बाँडफाँट हुने बिक्री प्रबन्धक एनआइएमबि एस क्यापिटलले जनाएको छ ।
आईपीओमा १५ लाख १० हजार ६९३ जना आवेदकले १ करोड ६७ लाख ९० हजार १८० कित्ताका लागि आवेदन दिएका छन् । जसमा ९ लाख जनाले मात्र सेयर हात पार्नेछन् । बाँकी ६ लाख १० हजार ६९३ जनाको भने हात खाली हुनेछ ।
कम्पनीले भदौ १५ देखि १९ गतेसम्म सर्वसाधारणलाई अंकित मूल्यमा प्रतिकित्ता १४४ रुपैयाँ प्रिमियम थप गरेर २४४ रुपैयाँका दरले आईपीओ निष्कासन गरेको थियो ।
कम्पनीले १ करोड १२ लाख ५० हजार कित्ता सेयरमा ११ लाख २५ हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपाली, ५ लाख ६२ हजार ५०० कित्ता सेयर कम्पनीका कर्मचारी र ५ लाख ६२ हजार ५०० कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याएको छ । ९० लाख कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गरेको थियो ।