एभरेष्ट बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?



काठमाडौं । एभरेष्ट बैंकले सेयरधनीका लागि लाभांश घोषणा गरेको छ ।

बैंकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई २०.५३ प्रतिशत लाभांश दिने घोषण गरेको हो ।

आज बसेको संचालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट १० प्रतिशत बोनस र कर सहित १०.५३ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ ।

यो लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृत गरेर कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।


क्लिकमान्डु