नेप्से परिसूचक ३९ अंकले बढ्यो



काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३९ अंकले बढेको छ । नेप्सेमा सूचीकृत सबै समूह उकालो लागेपछि समग्र बजार परिसूचक ३९.४८ अंकले बढेर २००७.०६ अंकमा उक्लिएको हो ।

आज २७५ कम्पनीको ५१ लाख ४४ हजार ७ सय २४ कित्ता सेयर ३६ हजार ४५ पटक खरिद-बिक्री हुँदा १ अर्ब ४९ करोड ५५ लाख २१ हजार रुपैयाँबराबरको कारोबार भएको छ ।

बुधबार जलविद्युत् समूहको उपसूचक सबैभन्दा धेरै ३.६२ प्रतिशत र वित्त समूहको उपसचूक ३.२ प्रतिशतले बढेको छ ।

बरुण हाइड्रोपावर कम्पनी लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । साथै शुभम पावर लिमिटेडको सेयर मूल्य ९.९९ प्रतिशत, समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडको ९.८६, अरुण काबेली पावर लिमिटेडको ९.०३ प्रतिशत र अपी पावरको सेयर मूल्य ८.२९ प्रतिशतले बढेको छ ।

आजको कारोबारमा थ्री स्टार हाइड्रोपावर लिमिटेड कम्पनीको शेयर मूल्य सबैभन्दा धेरै आठ प्रतिशतले घटेको छ । कारोबार रकमका आधारमा एनआईसी एसिया बैंकको सात करोड ९३ लाख २५ हजार बराबरको सेयर किनबेच भएको छ ।

यो साता सेयर बजारमा तीव्र उतारचढाव देखिएको छ । आजको कारोबारपछि बजार पुँजीकरण ३० खर्ब चार अर्ब ६२ करोड ५२ लाख ३८ हजार रुपैयाँ पुगेको छ ।


क्लिकमान्डु