स्थानीय तहमा बन्ने सय शय्यासम्मका अस्पताललाई राष्ट्र बैंकको सुविधा
काठमाडौं । स्थानीय तहमा बन्ने सय शय्यासम्मका अस्पताललाई नेपाल राष्ट्र बैंकको सुविधा कर्जा सुविधा दिएको छ ।
स्थानीय तहमा सय शय्यासम्मका अस्पताल बनाउन बैंक तथा वित्तीय संस्थाले २० करोडसम्म कर्जा दिन सक्ने गरी राष्ट्र बैंकले व्यवस्था गरेको हो ।
स्थानीय तहमा १०० शय्यासम्मको अस्पताल बनाउन आधारदरमा २ प्रतिशतसम्म प्रिमियम थप्न पाइनेछ ।
विकासका लागि पूर्वाधारमा लगानी प्रोत्साहन गर्ने उद्देश्यले अस्पताल नभएका स्थानीय तहमा १०० शय्यासम्मको अस्पताल स्थापना गर्न आधारदमा बढीमा २ प्रतिशतसम्म प्रिमियम थपेर २० करोडसम्म कर्जा प्रवाह गर्न सक्ने राष्ट्र बैंकले जनाएको छ ।
देशको समग्र आर्थिक विकासका लागि यसका पूर्वाधार बलियो हुनेपर्ने राष्ट्र बैंकको तर्क छ ।