टाटा नेक्सन फेसलिफ्ट सार्वजनिक: एसयूभीमा नयाँ डिजाइनसँगै पाइन्छ एड्भान्स फिचर्स



काठमाडौं । टाटा मोटर्स इन्डियाले आफ्नो सबैभन्दा लोकप्रिय कार नेक्सनको फेसलिफ्ट सार्वजनिक गरेको छ । कम्पनीले सब ४ मिटर एसयूभीको एक्सटेरियर र इन्टेयर डिजाइनलाई अपग्रेड गरेको छ । योसँगै कारमा नयाँ कलर, एड्भान्स कम्फर्ट र सेफ्टी फिचर पनि जडान गरिएको छ ।

नयाँ नेक्सनको सेप्टेम्बर ४ तारिखदेखि बुकिङ सुरु भएको छ । भारतीय सञ्चार माध्यमका अनुसार चाडपर्वलाई लक्षित गरी कार सार्वजनिक गरिएको हो । भारतमा यो कारको प्रतिस्पर्धा मारुती सुजुकी ब्रेजा, हुन्डाई वेन्यु, महिन्द्रा एक्सयूभी ३०० र कियाको सोनेटसँग हुने अनुमान गरिएको छ ।

२०२३ नेक्सन फेसलिफ्टः एक्सटेरियर डिजाइन

डिजाइनको कुरा गर्ने हो भने नेक्सनको फ्रन्ट र रियर लुकलाई पूर्णरुपमा परिवर्तन गरिएको छ । पहिलेको तुलनामा अहिले यो कार स्पोर्टी देखिएको छ । यसमा फ्रन्ट जीपी लेड डीआरएलएस स्प्लिट हेडलाइट जडान गरिएको छ । यस्तै बम्परको तल पनि लेड हेडलाइन जडान गरिएको छ ।

साइडमा फंकीजस्तो देखिने १६ इन्चको डायमन्ड कट डुअल टोन अलाय ह्विल जडान गरिएको छ । रियरमा नेक्सनको फुल कनेक्टेड लेड टेल लाइट जडान गरिएको छ । यसमा वेलकम र गुडवाय भन्ने प्रविधि जडान गरिएको छ ।

६ वटा रंगमा यो कार उपलब्ध छ, जसमा फियरलेस पर्पल, क्रिएटिभ आंसियन, प्योर ग्रे, फ्लेम रेड, डेटोना ग्रे र प्रिस्टी वाइट कलर हुन् ।

इन्टेरियर डिजाइन

कारको क्याबिनमा सबैभन्दा ठूलो परिवर्तन गरिएको छ । नयाँ नेक्सन फेसलिफ्ट भारतीय अटो उद्योगको पहिलो कार हो, जसमा दुई स्पोक र फ्ल्याट बटम स्टेयरिङ ह्विलको सुविधा प्रदान गरिएको छ ।

ड्यासवोर्डमा टच सुविधा भएको प्यानल एचभीएसी युनिट र सेन्टर कन्सोलमा नयाँ गियर सिलेक्टरले कारलाई अझै लग्जरी बनाइदिएको छ । यसबाहेक टाटा नेक्सन फेसलिफ्टमा एउटा नयाँ १०.२५ इन्टको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम र १०.२५ इन्चको फुल्ली डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टरसमेत प्रदान गरिएको छ ।

कम्फर्ट फिचर्स

यो कारमा टाटाको आईआरए २.० मोवाइल कनेक्टेड टेक्नोलोजी, भ्वाइस असिस्टेन्ड इलेक्ट्रिक सनरुफ, जेबीएल ९ स्पिकर साउन्ड सिस्टम, वायरलेस चार्जर, वायरलेस एप्पल कारप्ले र एण्ड्रोइड अटो, इन्स्ट्रुमेन्ट क्लस्टरमा पहिलो पटक सेगमेन्ट नेविगेसन डिस्प्लेका सुविधा पनि थपिएको छ ।

सेफ्टी फिचर्स

नयाँ जेनरेसन नेक्सनमा नयाँ प्रविधिसहितको सेफ्टी फिचर्स जडान गरिएको छ । यसमा ३६० डिग्री क्यामेरा, फ्रन्ट र रियर पार्किङ सेन्सर, फर्स्ट क्याटोगरी ब्लाइन्ड ब्ल्यु मनिटर, ईएसपी, ६ वटा एयर ब्याग, हिल होल्ड कन्ट्रोल, रोल ओभर मिटिगेसन, ट्रैक्सन कन्ट्रोल, आईएसओएफआईएक्स चाइल्ड एंकर सिट र टीपीएमएस सुविधा प्रदान गरिएको छ ।

परफर्मेन्स

कारको परफरमेन्समा कुनै परिवर्तन गरिएको छैन । यसमा पुरानो १.२ लिटर भएको तीन सिलिन्डर टर्वो चार्जड पेट्रोल इन्जिन उपलब्ध छ, जसले ११८ एचपीको पावर जेनरेट गर्छ । यसबाहेक १.५ लिटर, ४ सिलिन्डर डिजेल इन्जिनको अप्सन उपलब्ध गराइएको छ । जसले ११३ एचपीको पावर जेनरेट गर्छ ।

मूल्यको अपेक्षा

नयाँ नेक्सन चार प्रकारका अलग-अलग ट्रिम लेबलमा उपलब्ध गराइएको छ तर यसको मूल्य अहिले आइसकेको छैन ।


रवि धिताल