पर्यटनमन्त्रीले दायाँबायाँ गरे नियमन र नियन्त्रण दुवै गर्छौंः सभापति यादव



काठमाडौं । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिका सभापति राजकिशोर यादवले पर्यटनमन्त्री सुदन किराँतीलाई गलत काम नगर्न खबरदारी गरेका छन् ।

सोमबार बसेको प्रतिनिधि सभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति बैठकमा सभापति यादवले पर्यटनमन्त्री किराँतीमा केही काम गरौं भन्ने जोस जाँगर देखिएको पनि बताए ।

देश र जनताका लागि केही गर्छु भन्ने प्रयास मन्त्रीले गर्न खोज्दा समिति नीतिगत सुधार गर्न तयार रहेको उनले बताए । उनले मन्त्रीले पर्यटनसम्बन्धी नीतिहरु समयानकूल बनाउनुपर्ने र त्यो देशको हितमा भए सामूहिक पहल गर्न समिति तयार रहेको जानकारी गराए ।

सभापति यादवले समितिले मन्त्रीलाई राम्रो कामका लागि साथ पनि दिने र कहीँ दायाँबायाँ भयो भने नियमन र नियन्त्रण दुवै गर्ने स्पष्ट पारे ।


रवि धिताल