एसिया कपमा शतक प्रहार गर्नेलाई एक लाख रुपैयाँ दिने शुक्लाफाँटाको निर्णय



कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाले नेपाल र भारतबीचको एसिया कप क्रिकेट प्रतियोगितामा शतक प्रहार गर्ने र चार विकेट लिने नेपाली खेलाडीलाई एक/एक लाखसहित सम्मान गर्ने निर्णय गरेको छ ।

शुक्लाफाँटा नगरपालिकाका नगरप्रमुख रणबहादुर महराले राष्ट्रिय क्रिकेट टिमको उच्च सम्मान र हौसला बढाउन नगर प्रमुखस्तरीय निर्णयअनुसार रकमसहित सम्मान गर्ने निर्णय गरिएको जानकारी दिए ।


रवि धिताल