गिरिबन्धु टि स्टेट प्रकरणबारे सरकारले तत्काल छानबिन गर्नुपर्छः सांसद खतिवडा



काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले गिरिबन्धु टि स्टेट प्रकरणबारे तत्काल छानबिन गरी दोषीमाथि कारबाही गर्न सरकारसँग माग गरेका छन् ।

प्रतिनिधिसभा बैठकको शून्य समयमा उनले गिरिबन्धु प्रकरणमा ठूलो भ्रष्टाचार भएको जिकिर गर्दै सरकारले तत्काल छानबिन गरी दोषीलाई कारबाही गर्नुपर्ने बताएका हुन् ।

उनले निर्वाचित जनप्रतिनिधिलाई जथाभावी नबोल्न पनि सचेत गराए । सिंहदरबार नै ध्वस्त पार्ने कुरा, धार्मिक स्वतन्त्रतामाथि नै आँच आउने खालको अभिव्यक्ति आउने गरेको उल्लेख गर्दै त्यस्ता अभिव्यक्ति नदिन सांसदले खतिवडाको जनप्रतिनिधिहरुलाई सुझाव छ ।

सांसद खतिवडाले जनप्रतिनिधिले आफ्नो पदीय मर्यादालाई ख्याल गरेर मात्रै बोल्नुपर्ने बताए ।


रवि धिताल