जगदम्बाले ल्यायो भूकम्प प्रतिरोधी प्राइम बिलेट



जगदम्बा इन्टरप्राइजेज प्रालिले अत्याधुनिक एलआरएफ प्रविधिमार्फत नेपालमै पहिलो पटक प्राइम बिलेट उत्पादन थालेको छ । भूकम्प प्रतिरोधी डण्डी बनाउन प्रयोग हुने प्राइम बिलेट नेपालमै पहिलोपटक जगदम्बा इन्टरप्राइजेज प्रालिले उत्पादन थालेको हो ।

भूकम्पले निकै ठूलो प्रभाव पारेको नेपालमा एफई ५००डी गुणस्तरको फलामे डण्डीको माग र प्रयोग बढ्दो क्रममा रहेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार एफई ५००डी डण्डी भूकम्प प्रतिरोधात्मक हुन्छ, यस्तो डण्डी केवल प्राइम बिलेटबाट मात्र बन्छ ।

जगदम्बा इन्टरप्राइजेज प्रालिले जगशक्ति गोल्ड ब्रान्डमा एफई ५००डी डण्डीको उत्पादन एवं बिक्री गर्दै आएको छ । वीरगन्ज-पथलैया औद्योगिक करिडोरको चोर्नीमा रहेको जगदम्बा इन्टरप्राइजेजले जीआई पाइप, ब्ल्याक पाइप, त्युबुलार र पोल, हाइमास्ट पोल, फेब्रिकेसन तथा अन्य विभिन्न किसिमका फलामका वस्तु उत्पादन गर्दै आएको छ ।

विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणपत्र प्राप्त यो उद्योग नेपाल विद्युत प्राधिकरणको सबैभन्दा ठुलो ग्राहक र नेपालको अग्रणी फलामजन्य उद्योगको रुपमा परिचित छ ।


रवि धिताल