आइएमई पेमा शाइन रेसुंगा विकास बैंकको मोबाइल बैंकिङबाट सिधै क्यास लोड गर्न सकिने



काठमाडौं । नेपालको पहिलो डिजिटल वालेट ‘आइएमई पे’मा अब शाइन रेसुंगा विकास बैंकका  सेवाग्राहीले सिधै क्यास लोड गर्न सक्ने भएका छन् ।

विभिन्न वित्तीय संस्थासँग आबद्ध भई सेवाग्राहीलाई विद्युतीय भुक्तानी सहज गराउने उद्देश्यका  साथ आइएमई पेले शाइन रेसुंगा विकास बैंकसँग सम्झौता गरेको हो ।

सम्झौताअन्तर्गत अब शाइन रेसुंगा विकास बैंकका सेवाग्राहीले बैंकको मोबाइल बैंकिङबाट सिधै आइएमई पेमा पैसा लोड गर्न सक्नेछन् ।

आइएमई पेले ग्राहकको सुविधाका लागि सुरक्षित एवं नवप्रवर्धित सेवाहरूको माध्यमबाट क्यास-लेस सोसाइटी निर्माणमा थप प्रोत्साहन गर्नमा अग्रणी भूमिका निर्वाह गरेको जनाएको छ ।

नेपालको पहिलो भुक्तानी सेवाप्रदायक आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्द्धित ’आइएमई पे’ मोबाइल वालेट एपअन्तर्गतको विद्युतीय भुक्तानी सेवा प्रदायक हो ।


रवि धिताल