घाँस उडेर धावनमार्गमा आउँदा २६ मिनेट त्रिभुवन विमानस्थल बन्द
काठमाडौं । घाँस उडेर धावनमार्गमा आउँदा २६ मिनेट त्रिभुवन विमानस्थल बन्द भएको छ ।
घाँस उडेर धावनमार्गमा आएपछि साँझ ७ बजेर २९ मिनेटदेखि ७ बजेर ५५ मिनेटसम्म विमानस्थल बन्द भएको हो । ‘हावाले घाँस उडाएर धावनमार्गमा ल्याएका कारण केहीबेर विमानस्थल बन्द गर्नुपरेको थियो,’ स्रोतले भन्यो, ‘सफा गरेर उडान अवतरण सुरु गरिसकिएको छ ।’
घाँस हटाएर ७:५५ देखि विमानस्थलबाट पुन: उडान र अवतरण थालिएको विमानस्थल प्रशासनले जनाएको छ ।