प्रभु क्यापिटल र होस्टे हैंसेबीचको सम्झौता नवीकरण



काठमाडौं । प्रभु क्यापिटल लिमिटेडले बालबालिका लक्षित गरी सञ्चालनमा ल्याएको लगानी व्यवस्थापन सेवाअन्तर्गतको होस्टे हैंसेसँगको सम्झौता नवीकरण गरेको छ ।

सम्झौताअनुसार बालबालिकाका लागि प्रभु लिटर च्याम्स नामक लगानी व्यवस्थापन सेवा (पीएमएस) लिएबापत १ जना गरिब तथा पिछडिएको बालबालिकाको विद्यालय खर्च व्यहोर्ने क्यापिटलले जनाएको छ ।

प्रभु क्यापिटलले व्यवसायसँगै संस्थागत रुपमा समाजमा आफ्नो तर्फबाट योगदान गर्ने उद्देश्यले यो योजना सुरु गरेको हो । आफ्ना छोराछोरीको उज्ज्वल भविष्यलाई सुरक्षित गर्दै लगानी व्यवस्थापन सेवामा जोडिएर सामाजिक कार्यमा समेत सहयोगी बन्न सकिने क्यापिटलले जनाएको छ ।

‘छोराछोरीका लागि लगानीसँगै शिक्षाबाट बञ्चित बालबालिकालाई सहयोग’ भन्ने मूल नाराका साथ सञ्चालन गरिएको योजनालाई क्यापिटलले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत ‘होस्टे हैंसे’ नामक गैरसरकारी संस्थासँगको सहकार्यमा सञ्चालन गरेको हो ।


रवि धिताल