शाइन रेसुंगाको ‘फन्ड ट्रान्सफरमा मोबाइल फोन हातमा’ अफर



काठमाडौं । शाइन रेसुंगा डेभलपमेन्ट बैंकले कनेक्ट आईपीएससँगको सहकार्यमा मोबाइल बैंकिङ प्रयोगकर्ताका लागि ‘फन्ड ट्रान्सफरमा मोबाइल फोन हातमा’ अफर सार्वजनिक गरेको छ । अफरअन्तर्गत दुई जना भाग्यशाली मोबाइल बैंकिङको प्रयोगकर्ताले शाइन रेसुंगा डेभलपमेन्ट बैंकको मोबाइल बैंकिङ एपबाट कनेक्ट आईपीएस छनोट गरी फन्ड ट्रान्सफर गर्दा १ थान स्मार्टफोन जित्न सक्नेछन् ।

अफर २०८० भदौ १५ देखि असोज १४ सम्म लागू हुने कम्पनीले जनाएको छ । मोबाइल बैंकिङ एपमा उपलब्ध कनेक्ट आईपीएस छनोट गरी फन्ड ट्रान्सफर गर्ने दुई जना प्रयोगकर्तालाई अफरको अन्त्यमा विजेता घोषणा गरिनेछ । त्यसको जानकारी शाइन रेसुंगा डेभलपमेन्ट बैंकको आधिकारिक सामाजिक सञ्जालमा प्रकाशन गरिनेछ ।

फन्ड ट्रान्सफर गर्न आफ्नो मोबाइल बैंकिङ एपमा लग-इन गरी सेन्ड मनीमा क्लिक गरी फन्ड ट्रान्सफर गर्न कनेक्ट आईपीएस छनोट गर्नुपर्ने हुन्छ । मोबाइल बैंकिङबाट फन्ड ट्रान्सफर गर्न कनेक्ट आईपीएस न्यूनतम शूल्क लाग्ने सजिलो माध्यम हो ।

फन्ड ट्रान्सफर तथा विभिन्न भुक्तानीका निम्ति मोबाइल बैंकिङको बढ्दो प्रयोग र लोकप्रियतालाई यस अफरले थप प्रवर्धन गर्ने विश्वास बैंकले लिएको छ । कनेक्ट आईपीएसको फन्ड ट्रान्सफरको विकल्प ५० भन्दा बढी बैंक तथा वित्तीय संस्थाको मोबाइल बैंकिङमा उपलब्ध छ ।

शाइन रेसुंगा डेभलपमेन्ट बैंकका ३ लाखभन्दा बढी मोबाइल बैंकिङ प्रयोगकर्ता छन् । बैंकले हाल ८८ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर र १६ एटीएम नेटवर्कबाट बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।


रवि धिताल