एभरेष्ट बैंक र हिमालय दृष्य रिसोर्ट धुलिखेलबीच सम्झौता



काठमाडौं । एभरेष्ट बैंक र हिमालय दृष्य रिसोर्ट धुलिखेलबीच बैंकका ग्राहकलाई छुट प्रदान गर्नेसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

बैंकका नायब प्रमुख कार्यकारी अधिकृत विजयकुमार शर्मा र रिसोर्टका बजार तथा बिक्री प्रबन्धक बबिता पाण्डेले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । सम्झौतासँगै बैंकका ग्राहकले उक्त रिसोर्टमा १० प्रतिशतसम्म छुट पाउने भएका छन् ।

सम्झौता समारोहमा बैंकका बजार तथा संस्थागत निक्षेप विभाग प्रमुख पुष्पराज उप्रेती, बजार विभागकी कर्मचारी एलिना कार्की तथा रिसोर्टका बजार विभागका कर्मचारी सौजन्य केसीको पनि उपस्थिति थियो ।

एभरेष्ट बैंकमा करिब १२ लाख ग्राहक छन् । बैंकले १२७ शाखा, ३ एक्सटेन्सन काउन्टर र ७ प्रादेशिक कार्यालयबाट सेवा दिँदै आएको छ ।


रवि धिताल