एलआईसी नेपाल २३औं वर्षमा प्रवेश



काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल) स्थापनाको २२ वर्ष पूरा गरी २३औं वर्षमा प्रवेश गरेको छ । कम्पनीले कर्पोरेट कार्यालयमा एक कार्यक्रम आयोजना गरी २२औं वार्षिकोत्सव मनाएको हो ।

कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रणय कुमारले वर्तमान विषम परिस्थितिका बाबजुद पनि कम्पनी आमनागरिकको विश्वास जित्न सफल भएको बताए ।

सन् २००१ सेप्टेम्बर १ मा स्थापना भएको कम्पनीमा भारतीय जीवन बीमा निगमको ५५ प्रतिशत, विशाल ग्रुपको २५ प्रतिशत र सर्वसाधारणको २० प्रतिशत लगानी छ । हाल एलआईसी नेपालको चुक्ता पुँजी २ अर्ब ६५ करोड रुपैयाँ छ ।

कम्पनीको जीवन बिमा कोषको आकार १ खर्ब ७ अर्ब ४७ करोड ९३ अर्ब ६३ करोड छ भने जगेडा कोषमा १ अर्ब २७ करोड ५१ लाख रुपैयाँ छ ।

कम्पनीले आर्थिक वर्ष २०७९/८० मा १२ करोड ४६ लाख ७० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको वित्तीय विवरण सार्वजनिक गरिसकेको छ । अघिल्लो वर्षको कम्पनी ८ करोड ७४ लाख ७९ हजार नोक्सानीमा थियो । गत वर्ष कम्पनीले १७ अर्ब ३९ करोड ३८ लाख रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको छ


रवि धिताल