सन नेपाल लाइफको आईपीओ बाँडफाँट



काठमाडौं । सन नेपाल लाइफ इन्सोरेन्सको साधारण सेयर (आईपीओ) बाँडफाँट भएको छ ।

आईपीओमा माग भन्दा बढी आवेदन परेका कारण गोलाप्रथामार्फत सेयर बाँडफाँट भएको छ । आईपीओमा आवेदन दिएकामध्ये ७ लाख ६८ हजार आवेदकले सेयर हात पारेका छन् ।

आईपीओमा १४ लाख ६६ हजार ८६२ ले आवेदन दिएकोमा ६ हजार ८०१ जनाको आवेदन रद्द भएको थियो । १४ लाख ६० हजार ६१ जना आवेदकलाई गोलाप्रथा गराइएको बिक्री प्रबन्धक नेपाल एसबीआई मचेन्ट बैंकिङले जानकारी गराएको छ ।

कम्पनीले साउन ३२ गतेदेखि भदौ ४ गतेसम्म आवेदन खुला गरेको थियो । आईपीओ अंकित मूल्यमा १३९ रुपैयाँ प्रिमियम थप गरेर २३९ रुपैयाँ रहेको थियो ।

आईपीओको नतिजा बिक्री प्रबन्धक एसबीआई मचेन्ट बैंकिङको वेबसाइट, मेरो सेयर, सन नेपाल लाइफको वेबसाइट र सीडीएससीले आईपीओ नतिजा हेर्न बनाएको वेबसाइटबाट सकिने छ ।


रवि धिताल