खाना पकाउने ग्यासको मूल्यमा २३५ रुपैयाँ वृद्धि, डिजेल र पेट्रोलको पनि मूल्य बढ्यो



काठमाडौं । नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यासको मूल्यमा भारी वृद्धि गरेको छ । इन्डियन आयल कर्पोरेसनले पठाएको नयाँ मूल्यसूचीअनुसार निगमले राति १ बजेदेखि लागू हुनेगरी ग्यासको मूल्य प्रतिसिलिन्डर २३५ रुपैयाँ बढाएको हो ।

पेट्रोलको मूल्यमा प्रतिलिटर ४ रुपैयाँ तथा डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ३-३ रुपैयाँ बढेको छ । भारतले बिहीबार पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाएको थियो । जसअनुसार पेट्रोल प्रतिलिटर ३.१७ रुपैयाँ, डिजेल प्रतिलिटर २.४८ रुपैयाँ तथा एलपी ग्यासको मूल्य १८६.४५ रुपैयाँ बढेर आएको थियो ।

नयाँ मूल्यसूचीअनुसार मूल्य समायोजना गरिएको निगमले जनाएको छ । ग्यासको मूल्य १६६० रुपैयाँबाट बढेर १८९५ रुपैयाँ पुगेको छ ।


रवि धिताल