वागमती नदिमा २५ किलोमिटर र्याफ्टिङ गरिने



काठमाडौं । र्याफ्टिङ खेल प्रवद्र्धन गर्ने तथा वागमती नदीलाई स्वच्छ राख्ने उद्देश्यले वागमतीमा र्याफ्टिङ र्याली हुने भएको छ ।

जिल्ला समन्वयन समिति, काठमाडौंको आयोजना तथा नेपाल ¥याफ्टिङ एण्ड क्यानोइङ संघको प्राविधिक सहयोगमा आगामी शनिबार एक दिने ¥याफ्टिङ हुन लागेको हो । जिल्ला समन्वयन समिति काठमाडौंले बिहीबार पत्रकार सम्मेलन आयोजना गर्दै सबै स्थानीय निकायको सहकार्यमा हामी सँगसँगै सहकार्य गरौं भन्ने नारा लिएर ऐतिहासिक बागमति नदिमा ¥याफ्टिङ ¥याली गर्ने जानकारी दिएको हो ।

गोकर्णेश्वर नगरपालिकास्थित सुन्दरीजलदेखि शुरु भएको ¥याफ्टिङ कीर्तिपुर नगरपालिकाको चोभार पुगेर समापन हुनेछ ।

जिल्ला समन्वयन समिति, काठमाडौंका प्रमुख सन्तोष बुढाथोकीले काठमाडौं जिल्लाभित्र रहेको काठमाडौं महानगरपालिकासहित १० वटै स्थानीय निकायले वागमती सभ्यतालाई जोगाउने अभियानमा साथ दिने बताए ।

कुल ४५ वटा डुङ्गाले सुन्दरजलदेखि चोभारसम्म २५ किलोमिटरको दूरी पार गर्नेछ । प्रत्येक ढुङ्गामा एउटा गाइडसहित जनप्रतिनिधि र स्थानीय गरी छ जना हुने नेपाल र्याफ्टिङ एन्ड क्यानोइङ संघका अध्यक्ष राजीव श्रेष्ठले जानकारी दिए ।

बिहान ७:३० देखि शुरु भएको यात्रा साँझ ५:३० सम्म सञ्चालनमा हुनेछ । यस अवधिमा सुन्दरीजलबाट उत्तर गयासम्म ८ किलोमिटर यात्रा गरेपछि पहिलो चेक पोइन्ट अन्त्य हुनेछ । त्यसपछि उत्तर गयाबाट गोकर्णेश्वर मन्दिरसम्म पाँच किलोमिटर र्याफ्टिङ हुनेछ । सोही मन्दिरबाट एल्लो ब्रिजसम्म चार किलोमिटरको यात्रा गरेपछि तेस्रो चेक पोइन्ट सकिनेछ ।

त्यस्तै अन्तिम चेक पोइन्ट एल्लो ब्रिजदेखि ८ किलोमिटरको यात्रा चोभारमा गएर टुङ्गिङने आयोजक जिल्ला समन्वयन समिति, काठमाडौंकले जनाएको छ । आयोजक जिल्ला समन्वयन समिति काठमाडौंकले यो अभियानबाट वागमती नदिमा पनि र्याफ्टिङ गर्न सकिन्छ भन्ने सन्देश दिने, नदीलाई स्वच्छ र सुन्दर बनाउने र नदीमा प्रदुषण नियन्त्रणका लागि जनचेतना अभिवृद्धि गर्ने विश्वास व्यक्त गरेको छ ।


क्लिकमान्डु