सेयर बजार सामान्य घट्यो



काठमाडौं । सेयर बजार परिसूचक नेप्से सामान्य घटेको छ । होटल तथा पर्यटन र व्यापार समूहबाहेकका सबै समूह ओरालो लागेपछि समग्र बजार परिसूचक २.८२ अंकले घटेर १९९०.५९ अंकमा झरेको हो ।

आज कारोबार रकम भने सामान्य बढेको छ । आज २७६ कम्पनीको ३८ लाख ३ हजार २४४ कित्ता सेयर १ अर्ब १३ करोड रुपैयाँमा किनबेच भएको छ । यो रकम मंगलबारको तुलनामा धेरै हो । मंगलबार ८० करोडको सेयर कारोबार भएको थियो ।

बजार घट्दा पनि ७९ कम्पनी मूल्य बढेको छ भने १३१ कम्पनीको मूल्य घटेको छ । आज सिटी होटलको सेयर मूल्य ९.८८ प्रतिशतले बढेको छ । त्यस्तै माया खोला र लक्ष्मी सनराइज पनि मूल्य बढ्ने कम्पनीको सूचीमा रहे ।

आज १४ प्रतिशत लाभांश घोषणा गरेको माछापुच्छ्रे बैंकको सर्वाधिक १० करोड रुपैयाँभन्दा बढी मूल्यको सेयर किनबेच भएको छ ।


क्लिकमान्डु