माछापुच्छ्रे बैंकले घोषणा गर्‍यो १४ प्रतिशत लाभांश, कुन वर्ष कति ?



काठमाडौं । यो वर्ष लाभांश घोषणा गर्नेमा माछापुच्छ्रे बैंक पहिलो भएको छ । बैंकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीका लागि १४ प्रतिशत लाभांश घोषणा गरेको हो ।

बैंकले १३.३ प्रतिशत बोनस सेयर र बाँकी ०.७ प्रतिशत कर प्रयोजनार्थ नगद लाभांश घोषणा गरेको हो । विगत ९ वर्षको इतिहास हेर्दा बैंकले हरेक वर्ष दोहोरो अंकमा लाभांश दिँदै आएको छ ।

बैंकले ९ वर्षमा अधिकतम २१.८४ देखि न्यूनतम १० प्रतिशतसम्म लाभांश दिएको छ । बैंकले सबैभन्दा बढी आर्थिक वर्ष २०७२/७३ मा २१.८४ प्रतिशत लाभांश दिएको थियो । जसमा बोनस २०.७५ प्रतिशत थियो भने नगद १.०९ प्रतिशत थियो ।

बैंकले आव २०७०/७१ मा १२.६३ प्रतिशत लाभांश लिँदा बोनस १२ र नगद ०.६३ प्रतिशत नगद दिएको थियो । बैंकले आर्थिक वर्ष २०७१/७२ मा १६.८४ प्रतिशत लाभांश दिएको थियो, जसमा बोनस १६ र नगद ०.८४ प्रतिशत थियो ।

आव २०७३/७४ मा १५ प्रतिशत लाभांश दिँदा बोनस ९ र नगद ६ प्रतिशत लाभांश थियो भने ७४/७५ मा १० प्रतिशत नगद लाभांश दिएको थियो । बैंकले आव २०७५/७६ मा १६ प्रतिशत लाभांश दिँदा ५ प्रतिशत बोनस र ११ प्रतिशत नगद लाभांश दिएको थियो भने २०६७/७७ मा ७.०३ प्रतिशत बोनस तथा ३.३७ प्रतिशत नगद गरी १०.४ प्रतिशत लाभांश प्रदान गरेको थियो ।

बैंकले २ वटा आर्थिक वर्षमा भने १४-१४ प्रतिशत लाभांश दिएको छ । आव २०७७/७८ र २०७९/८० मा १४-१४ प्रतिशत लाभांश दिँदा १३.३ प्रतिशत बोनस र ०.७ प्रतिशत नगद दिएको हो । २०७८/७९ मा बैंकले लाभांश वितरण गर्न पाएको थिएन ।


रवि धिताल