मोबाइल नम्बरमार्फत पैसा पठाउने सजिलो तरिका: फोनपेद्वारा नयाँ अभियानको घोषणा



काठमाडौं । भुक्तानी संचालक फोन पेले “फोन पे डिरेक्ट: पैसा पठाऔँ ठाउँको ठाउँ” नामक अभियानको घोषणा गरेको छ । एक बैंकबाट अर्को बैंकमा पैसा ट्रान्सफर गर्नका लागि मोबाइल नम्बर र बैंकको नाम मात्रै भए पुग्ने विषयमा ग्राहकलाई सचेत गराउने अभियानको उदेश्य रहेको कम्पनीले जनाएको छ ।

“मोबाईल नम्बर भए पुग्छ” भन्ने ट्यागलाइनमा आधारित यस अभियानले आफ्नो मोबाईलबाट पैसाको आदान प्रदान गर्दा उक्त कारोबार छिट्टो र सुरक्षित रहने कुरामा विशेष प्राथमिक्ता दिएको जनाएको छ ।

यस अभियानको मुख्य उद्देश्य ग्राहकहरूलाई कसरी फोन पे डिरेक्ट मार्फत एक बैंकबाट अर्को बैंकमा पैसा पठाउन सकिन्छ भन्ने बारे शिक्षित गर्नु हो, जसमा मोबाइल नम्बर, खाता नम्बर र व्यक्तिगत क्यूआर जस्ता तरिकाहरु रहेको कम्पनीले जनाएको छ ।

भदौ महिना भरि चलिरहने यस अभियानमा सहभागिता जनाउन ग्राहकहरू ले फोन पे को फोन पे डिरेक्ट सुविधा प्रयोग गर्नु पर्ने सर्त लागु गरिएको छ । यस अभियानमा दुई भाग्यशाली विजेताहरूलाई आईफोन १४ प्रोको मेगा उपहारबाट पुरस्कृत गरिने भने अन्य विजेताहरूलाई साप्ताहिक रुपमा अन्य उपहारद्वारा गरिने छ ।

अभियानको उदेश्यका बारेमा फोन पे का चिफ स्ट्राटेजि अफिसर सुवोद शर्माका अनुसार, “सुरक्षित डिजिटल भुक्तानी सुविधा प्रदान गर्दै व्यक्ति र व्यवसायहरूलाई थप सहज र प्रभावकारी बैंकिङ अनुभव दिलाउन फोन पे सदैव प्रतिबद्ध छ। पैसा पैसा पठाऔँ ठाउँको ठाउँ अभियान, यस प्रतिबद्धताको एक उदाहरण हो । फोन पे डिरेक्ट द्वारा हामीले पैसाको आदान प्रदान गर्ने तरिकालाई सधैँको लागि परिवर्तन गर्दैछौं ।”


क्लिकमान्डु