नेपाली क्रिकेट टीमलाई प्रधानमन्त्रीको भर्चुअल सम्बोधन, पाकिस्तानमाथि जितको शुभकामना



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले एसिया कप क्रिकेटका लागि पाकिस्तान पुगेको नेपाली क्रिकेट टीमलाई जीतका लागि शुभकामना दिएका छन् ।

बुधबार बिहान पाकिस्तानमा रहेको नेपाली टीमसँग भर्चुअल बैठक गर्दै प्रधानमन्त्री प्रचण्डले जीतका लागि शुभकामना व्यक्त गरेका हुन् ।

शुभकामना व्यक्त गर्दै प्रधानमन्त्रीले प्रतियोगितामा नेपालले राम्रो नतिजा निकाल्ने विश्वास व्यक्त गर्दै खेल क्षेत्रक‍ो विकास र खेलाडीहरूको हितका निम्ति आफूले हमेसा ध्यान दिएको बताए ।

भर्चुअल बैठकमा नेपाली टीमका क्याप्टेन रोहित पौडेलले टोलीले राम्रो तयारी गरिरहेको र त्यहीअनुसार प्रतिस्पर्धामा प्रस्तुति रहने प्रधानमन्त्रीलाई जानकारी गराए । नेपालले आज बुधबार घरेलु टिम पाकिस्तानसँग खेल्दैछ।


क्लिकमान्डु