माण्डु हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन



काठमाडौं । माण्डु हाइड्रोपावर कम्पनीले निष्कासन गरेको साधारण सेयर (आईपीओ)मा आवेदन दिने आज अन्तिम दिन हो ।

कम्पनीले अंकित मूल्यमा १०६ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २०६ रुपैयाँ दरले निष्कासन गरेको सेयरमा आज कार्यालय समय भित्र मात्रै आवेदन दिन सकिने छ ।

कम्पनीले १३ लाख ६ हजार ३०६ कित्ता सेयर निष्कासन गरेको छ । जसमा २८ हजार ८५३ कित्ता सेयर कम्पनीका कर्मचारी, ७२ हजार १३३ कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याएको छ । बाँकी १२ लाख ५ हजार ३२० कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गरेको छ ।

कम्पनीले ७२ हजार ७३० कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरेको छ । आईपीओमा न्यूनतम १० देखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सकिने छ ।

यसको बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ । लगानीकर्ताले सी-आस्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था मेरो सेयरमार्फत आवेदन दिन सकिने छ ।


क्लिकमान्डु