पाल्पामा जिप दुर्घटना, तीन जनाको मृत्यु, ६ घाइते



पाल्पा । पाल्पाको रिब्दिकोट गाउँपालिका-२ स्थित जोर्तेमा जिप दुर्घना हुँदा तीन जनाको मृत्यु भएको छ ।

गुल्मीबाट पाल्पातर्फ आउँदै गरेको लु १ ज ४६०० नम्बरको जिप पाल्पाको जोर्तेमा माथिबाट खसेको सुक्खा पहिरोले पुरिँदा तीनै जनाको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए ।

मृत्यु हुनेमा दुई पुरुष र एक महिला रहेका छन् । दुर्घटनामा ६ जना घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि पाल्पा मिसन अस्पताल र लुम्बिनी मेडिकल कलेज प्रभास लगिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।


रवि धिताल