राप्रपाले कोशी सरकार निर्माणमा सहयोग गर्ने भद्र सहमति छ: माओवादी सांसद



काठमाडौं । नेकपा (माओवादी केन्द्र) का सांसद लेखनाथ दाहालले प्रधानमन्त्री पुष्पकमल दाहाल र राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनबीच कोशी सरकार सञ्चालनको सम्बन्धमा भद्र सहमति भएको दाबी गरेका छन् ।

मंगलबार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सांसद दाहालले कोशी प्रदेश सरकारलाई व्यवस्थित रुपमा सञ्चालन गर्नका लागि प्रधानमन्त्री दाहाल र राप्रपा अध्यक्ष लिङदेनबिच भद्र सहमति भएको दाबी गरे ।

सोही सहमतिका आधारमा माओवादीको भागमा परेको पूर्वाधार विकास समिति सभापति राप्रपालाई दिएको बताए । कोशी प्रदेशमा मध्यावधि निर्वाचनको अवस्था आइसकेको अवस्थामा राप्रपाको समेत मध्यावधि निर्वाचन नहोस् भन्ने चाहानाका कारण सहमति सम्भव भएको उनको भनाइ थियो ।

उनले ललितपुरमा प्रदेश प्रमुख र मुख्यमन्त्रीको निम्ति आवासीय भवन आवश्यक नभएको बताए । विगतको सरकारले कमिसनका लागि अनावश्यक भौतिक संरचनाहरु बनाएको उनले आरोप लगाए ।

तर, राप्रपा अध्यक्ष लिङ्देनले भने कोशी प्रदेशबारे कुनै सहमति नभएको दाबी गरेका छन् ।


क्लिकमान्डु