बैकिङ कसुर मुद्दाका फरार व्यक्ति पक्राउ



काठमाडौं । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बैकिङ कसुर मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरी सार्वजनिक गरिएको छ ।

नुवाकोट जिल्लाको साविक कबिलास गाबिस-७ हाल परिवर्तित पञ्चकन्या गाउँपालिका-२ स्थायी घर भई काठमाडौँ तारकेश्वर नगरपालिका-१० बस्दै आएका ३८ वर्षीय सन्तोष घलेलाई पक्राउ गरिएको उक्त कार्यालयका प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए ।

उनका अनुसार बैंकिङ कसुर मुद्दामा काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति जारी भएपछि फरार रहेका उनलाई प्रहरी टोलीले काठमाडौँ महानगरपालिका-१५ छाउनीबाट पक्राउ गरी आवश्यक कारबाही तथा अनुसन्धानका महाराजगञ्जस्थित प्रहरी वृत्तमा पठाइएको उक्त कार्यालयले जनाएको छ ।


क्लिकमान्डु