राष्ट्रिय गौरवका आयोजनाको प्रगति कस्तो छ ?



फाइल तस्बिर

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रिय गौरवका आयोजनालाई समयमै सम्पन्न गर्न पर्याप्त बजेट सुनिश्चित र नियमित अनुगमन भइरहेको बताएका छन् ।

मंगलबार प्रतिनिधि सभामा सांसदहरुको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्रीले दुईवटा सम्पन्न भएको र अन्यको काम भइरहेको बताए ।

उनलाई सांसद ऋषिकेश पोखरेलले राष्ट्रिय गौरवका योजनाको अवस्था के छ भनेर प्रश्न गरेका थिए । पोखरेलले राष्ट्रिय गौरवका योजनामध्ये २ पूरा भएको, ५ वटाको ७५ प्रतिशत सकिएको भन्ने सुनिए पनि बाँकी १७ को अवस्था के छ भन्दै प्रश्न गरे ।

शाहले दैनिक २५ सय युवा विदेशिदिने गरेको भन्दै मदन भण्डारी विश्वविद्यालयका लागि अघिल्लो सरकारले पूर्वाधार निर्माण तथा विकास समिति गठन गरेको र ७ करोड बजेट पनि छुट्याएको यो आयोजना आज कहाँ छ र कहिले पुरा हुन्छ भनेर प्रश्न गरे।

पोखरेलको प्रश्नको जवाफमा प्रधानमन्त्री दाहालले भने ‘दुई वटा सम्पन्न भएका, १४ वटाको ८० प्रतिशत काम भएको र पाँच वटाको ५० देखि ८० प्रतिशत सम्म काम भएको र २ वटाको ५० प्रतिशत काम भएको अवस्था छ ।’

प्रधानमन्त्रीले हुलाकी राजमार्गबारे चितवन र पर्सामा डीपीआरमा भएको ढिलाइले यो आयोजना तीन वर्षभित्र सम्पन्न गर्ने लक्ष्य लिएको बताए । साथै उनले पशुपति विकास आयोजनाको भौतिक प्रगति ६६ र वित्तीय ६५ प्रतिशत भएको बताए । उनले मेलम्चीको क्षतिग्रस्त मनसुन रोकिएपछि काम गर्ने, मदन भण्डारी विश्वविद्यालयलाई चालु आर्थिक वर्षमा २ करोड रकम विनियोजन गरिएको जवाफ दिए ।


क्लिकमान्डु