क्युवाका ५८ वर्षीय पार्कर ७ महिनामै स्टार बने



एजेन्सी । क्युवाका ५८ वर्षीय ओस्वालडो रोके डे अराना देशकै सबैभन्दा वृद्ध पार्कर खेलाडी बनेका छन् ।

पार्कर खेल सन् १९८० मा फ्रान्सबाट शुरु भएको थियो । खेलमा आफ्नो कलामार्फत प्राकृतिक वातारवणीय अवरोध पार गर्दै एक ठाउँबाट अर्को ठाउँमा सर्नुपर्ने हुन्छ ।

शुरुमा आफू धेरै वृद्ध भइसकेकाले नसकिने हो की भन्ने सोच आए पनि अभ्यास गर्दै गएपछि सहज बन्दै गएको उनले बताए । उमेर मुख्य बाधक बन्न नसक्ने भन्दै उनले आफूलाई आत्मबलले भरिपूर्ण गर्ने हो भने खेलबाट स्वस्थ जीवन जिउन सकिने बताए। उनको शारीरिक स्वस्थतासँग अहिले देश त्था विदेशका धेरै जना लोभिएका छन् । ७ महिनाअघि मात्र भिडियो हेरेर र पढेर पार्करमा लागेका थिए ।

उनले आफ्ना भिडियो सामाजिक सञ्जालमा पनि राख्ने गर्छन् । सामाजिक सञ्जालमा अहिले उनलाई फलो गर्नेहरुको संख्या ५० हजार बढी रहेको छ ।


क्लिकमान्डु