१९९३ अंकमा झर्‍यो सेयर बजार, कारोबार रकम पनि घट्यो



काठमाडौं । सेयर बजार परिसूचक नेप्से १९९३ अंकमा झरेको छ । म्युचअल फन्डबाहेकका सबै उपसमूह ओरालो लागेपछि समग्र बजार परिसूचक २०.५४ अंकले घटेर १९९३.३८ अंकमा ओर्लिएको हो ।

सेयर बजार बिहीबार पनि ३१.५२ अंकले घटेको थियो । आज कारोबार रकम पनि घटेको छ । गत साताको अन्तिम कारोबार हुने दिन बिहीबार १ अर्ब ५२ करोडको कारोबार भएकोमा आज १ अर्ब २६ करोडको कारोबार भएको नेप्सेले जनाएको छ ।

दोहोरो अंकले नेप्से घटेर १९५ कम्पनकी सेयर मूल्य घट्दा कुथेली बुखरी हाइड्रोपावरको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै स्वाभिमान लघुवित्त, पिपुल्स पावर, अप्पर सोलु हाइड्रोलगायतका २८ कम्पनीको मूल्य बढेको छ । मकर जितुमाया सुरी हाइड्रोपावर सर्वाधिक मूल्य घट्ने कम्पनीमा परेको छ ।

आज एसियन लाइफ इन्स्योरेन्स, आईएमई लाइफ इस्योरेन्स, सोल्टी होटल, घोराही सिमेन्ट र माछापुच्छ्रे बैंक सर्वाधिक कारोबार हुने कम्पनीको सूचीमा परेका छन् ।


रवि धिताल