नारायणगढ-मुग्लिन सडक दुईतर्फी पुनःसञ्चालन



फाइल तस्बिर

मुग्लिन । पहिरोका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा आएको छ ।

इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख, प्रहरी निरीक्षक विशाल तामाङका अनुसार साँझ ५:४० बजेदेखि सडकमा दुईतर्फी रुपमा सवारी साधन चलन थालेका हुन् ।

चितवनको इच्छाकामना–६ नाम्सी पुलनजिकै अविरल वर्षासँगै पहिरो खसेपछि सवारी साधन एकतर्फी रुपमा सञ्चालन भइरहेको थियो ।

सडक डिभिजन कार्यालय भरतपुरका अनुसार दिउँसो १ बजेदेखि दुईतर्फी नै सवारी आवागमन रोकैर पहिरो पञ्छाउने काम सुरु गरिएको थियो । सडकको पहिरो हटाउन तीन वटा मेसिन प्रयोग गरिएको थियो ।


रवि धिताल