आफूलाई फसाउन खोजिएको भन्दै ओलीले भने: माकुराको जालोमा भैंसी पर्दैन !
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई कसैले पनि फसाउन नसक्ने दाबी गरेका छन् ।
आफूले प्रधानमन्त्री हुँदा वा मन्त्रीको जिम्मेवारी सम्हाल्दा एक शव्द पनि नचिप्लियोस् भनेर कानु पल्टाइ पल्टाइ निर्णय गरेकोले कसैको इच्छाले आफूलाई फसाउन नसक्ने दाबी गरेका हुन् ।
पार्टीनिकट भूपू सैनिक तथा प्रहरीको कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले आफूलाई जालमा पार्न माकुराको जाल पार्दै हिँड्नेहरु भए पनि आफूलाई फरक नपर्ने बताए ।
‘मेरा काम कारबाहीहरु म प्रधानमन्त्री हुँदा, परराष्ट्रमन्त्री हुँदा गृहमन्त्री हुँदा मेरा काम कारवाहीहरु एक शव्द नचिप्लियोस् भनेर मैले कानुन पल्टाइ पल्टाइ निर्णय गरेको छु,’ ओलीले भने, ‘त्यसका कसैको इच्छाले केपी ओलीलाई फसाउन सक्दैन । माकुराको जालोमा भैंसी पर्दैन भन्ने यीनिहरुले बुझ्नुपर्छ । यिनीहरु केपी ओलीलाई पार्न माकुराको जाला पार्दै हिँड्छन् । केपी ओलीको न खुट्टाले थाहा पाउँछ, न सिंगले थाहा पाउँछ न जिउँले थाहा पाउँछ ।’