भारतले चन्द्रमामा पठाएको चन्द्रयानले के गर्छ ?



एजेन्सी । भारतका चन्द्रयान-३ उपग्रहले बुधबार विक्रम ल्याण्डरलाई चन्द्रमाको दक्षिणी ध्रुवमा भारतीय समय अनुसार ६ बजेर ४ मिनेटमा उतारेर इतिहास रचेको छ । विक्रम ल्याण्डरलाई दक्षिणी ध्रुवको नजिक सफ्ट ल्याण्ड गराउनु थियो जो सफलतापूर्वक सम्पन्न भएको छ। यो भारतका साथ विश्वभरका लागि निकै ठूलो उपलब्धि हो ।

त्यो क्षण विश्वका धेरै मानिसको आँखा चन्द्रयान-३ मा टिकेको थियो । यो सफलतासँगै भारत चन्द्रमाको दक्षिणी ध्रुवमा अवतरण गर्ने पहिलो देश बनेको छ । र चन्द्रमामा सफ्ट ल्याण्डिङ गर्ने चौथो देश बनेको छ । यसअघि रूस, चीन र अमेरिकाले चन्द्रमामा सफ्ट ल्याण्डिङ गरेका थिए ।

तर यी सबैको काम भूमध्यरेखीय क्षेत्रमा थियो । विक्रम ल्याण्डरले दक्षिणी ध्रुवमा सफ्ट ल्याण्डिङ गरेको हो ।

दक्षिणी ध्रुवमा कसरी उत्रियो विक्रम ल्याण्डर ?

सफ्ट ल्याण्डिङ यति आरामसँग भएको थिएन । विक्रम ल्याण्डर दश किलोमीटर प्रतिघन्टाको गतिमा चन्द्रमाको सतहमा बसेको हो ।

यदी उसलाई छोडदिने हो भने निकै तिब्र गतिमा खस्ने थियो । जसरी चन्द्रयान-२ को ल्याण्डर चन्द्रमाको सतहमा क्षतिग्रस्त भएको थियो ।

तर चन्द्रयान-३ को विक्रम ल्याण्डर यसरी बनाइएको थियो कि त्यो चन्द्रमाको सतहमा सही रुपमा गएर बस्यो । र पछि बेंगलुरुस्थित कमाण्ड सेन्टरसँग कुराकानी गर्न सकोस् ।

यो निकै मुश्किल काम हो । विश्वमा अहिलेसम्म जति पनि सफ्ट ल्याण्डिङ भएको छ, त्यसमध्ये दुईमा एक मात्र सफ्ट ल्याण्डिङ सफल भएको हो । यसअघि भारतको चन्द्रयान-२ को ल्याण्डर दुर्घटनामा परेको थियो ।

तर यसपछि चन्द्रयान-३ को विक्रम ल्याण्डरको चन्द्रमा उत्रिनु एक ठूलो उपलब्धि हो । विक्रमको नाम भारतमा स्पेस टेक्नोलोजीका जनक विक्रम साराभाईको नाममा राखिएको हो ।

विक्रम ल्याण्डरको गति कसरी कम भयो ?

चन्द्रमाको सतहमा उत्रनु अघि विक्रम ल्याण्डरको रफ्तार कम गर्नु पनि एक चुनौती थियो ।

इयसका लागि चन्द्रयान-३ को विक्रम ल्याण्डरको १२५*२५ किलोमिटरको अर्बिटमा राखिएको थियो । यसका साथै डिअर्बिट ।
यसपछि जब विक्रम ल्याण्डरलाई चन्द्रमाको सतह तर्फ पठाइयो तब त्यसको रफ्तार ६ हजार किलोमिटर प्रतिघन्टे भन्दा धेरै थियो ।

त्यसपछि जब केही मिनेटमा नै जब त्यसलाई चन्द्रमाको सतहमा सफ्ट ल्याण्डिङ गर्दा त्यसको गति निकै कम गरिएको थियो । यस्तो गर्न विक्रम ल्याण्डरमा लागेको चार इन्जिनको सहारा लिइएको थियो । यसपछि दुई इन्जिकनो सहयोगमा विक्रमलाई चन्द्रमाको सतहमा उतारिएको थियो ।

कसरी बाहिर आयो प्रज्ञान रोवर

चन्द्रयान-३ को विक्रम ल्याण्डर चन्द्रमाको सतहमा पुगेको छ । अब यसको रोवर प्रज्ञान बाहिर निस्किएको छ । विक्रम ल्याण्डर चन्द्रमाको जमिनमा बसेका कारण धुलोको कणहरु उडेका थिए । प्रज्ञान केही घण्टामा फेरि जमिनमा बस्ने या विक्रमबाट टाढा जाने मौका दिइनेछ । यसपछि विक्रम ल्याण्डरबाट एक र्‍याम्प खुल्नेछ जसको सहारा प्रज्ञान चन्द्रमाको जमिनमा यताउता सुरु गर्नेछ ।

चन्द्रयान ३ चन्द्रमामा बसेको १४ घण्टापछि बिहीबार बिहान प्रज्ञान विक्रमबाट बाहिर निस्किएर चन्द्रमाको सतहमा घुमिरहेको भारतीय अन्तरिक्ष संस्थान केन्द्रले जनाएको छ । प्रज्ञान रोवरमा ६ वटा टेक्ने माध्यम छन् र यसको तौल २६ किलो छ ।

रोवरले पानी र बहुमूल्य धातुको साथ आसपासका चिजहरुको स्क्यान गर्ने छ र यसबारे जानकारी पठाउने छ ।

प्रज्ञान रोवर र विक्रम ल्याण्डर एक अर्कासँग कुराकानी गर्न सक्छन् । विक्रम ल्याण्डर चन्द्रयान-२ को अर्बिटर र बंगलुरूस्थित कमाण्ड सेन्टर दुबैसँग कुरा गर्न सक्छ । यसपछि विज्ञानको काम शुरू हुनेछ जो १४ दिनसम्म जारी रहने छ ।

विक्रम र प्रज्ञान दुबै सोलारबाट सञ्चालित छ । यसलाई चन्द्रमाको प्रकाशवाला क्षेत्रमा सही रुपमा पुर्‍याइएको छ । किनकी अब १४ दिनसम्म प्रकाश रहे प्रज्ञान र विक्रम काम गर्न सक्षम हुनेछन् ।

केही समयमा चन्द्रमाको सतहको पहिलो तस्बिर आउनेछ जसमा प्रज्ञान विक्रमको लिनेछ भने विक्रमले प्रज्ञानको तस्बिर लिनेछ। यो चन्द्रमाको सतहमा खिचिएको यस खालको पहिलो तस्बिर हुनेछ ।

विक्रम र प्रज्ञान ४*२.५ किलोमिटरको त्यस क्षेत्रमा काम गर्नेछ जसको नाम कलाम विहार दिइएको छ ।

किनकी भारतका पूर्वराष्ट्रपति एपीजे अब्दुल कलामले भारतले चन्द्रमाको सतहमा दक्षिणी ध्रुवको करीब आफ्नो झण्डा गाड्नुपर्ने बताएका थिए । यस्तोमा खुसीको यो सारा खेल कलाम विहारबाट हुँदैछ ।

प्रज्ञान र विक्रममा कसरी हुन्छ कुराकानी ?

प्रज्ञान र विक्रमकाबीच कुराकानीको माध्यम रेडियो वेभ हो। यो इलेक्ट्रो म्याग्नेटिक वेभ हुन्छ । वैज्ञानिकले प्रज्ञानले आफ्नो ल्याण्डर विक्रमसँग कुराकानी गर्न सक्ने गरि यसको विकास गरेका छन् । प्रज्ञानले सिधा बेंगलुरुस्थित कमाण्ड सेन्टरसँग कु्रा गर्न सक्दैन ।

तर विक्रमले भने सिधा बेंगलुरुस्थित कमाण्ड सेन्टरसँग कुराकानी गर्न सक्छ । तर, चन्द्रयान-३को प्रोपेल्शन मोड्यूलमा कुनै कम्युनिकेशन डिवाइस छैन ।

यो पूरै प्रकृयामा चन्द्रमाबाट पृथ्वीसम्म सन्देश आउन सवा सेकेन्डमात्र लाग्ने छ । र यो सबै प्रकृया अटोमेटेड ढंगबाट हुनेछ ।


क्लिकमान्डु